उदयराज र अनुमतीको यसरी माया बस्यो (भिडियो सहित)

  • हजुरको खवर
  • सोमबार, पौष २७ २०७७ प्रकाशित

 सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई  टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् । 
बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोडुसरको रुपमा रहनुभएको छ । 
उदयराज शर्माको स्वरमा रहेको उक्त गितमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ । यसैगरी मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ । 
धादिङका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त गितको भिडियो सार्वजनिक भएपछि दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् । 
भिडियो हर्नुहोस्..

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।