लोक दोहारी गायक दिपेन्द्र पुन मगरले फेला पारेको नगद सहितको पर्स सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नु भएको छ । हेटौँडा उपमहानगर पालिका १० बसपार्कमा पुन मगरले फेला पारेको पर्समा रहेको ११ हजार नगद सहित कागजातहरु हेटौँडा—८ का सम्बन्धित व्यक्ति भरत घिमिरेलाई फिर्ता गरेको हो । घिमिरे सरकाररी कर्मचारी हुन् ।
मगरले पर्स भेट्ना साथ हेटौँडा दोहारी साँझमा कार्यरत कलाकारहरुको टिम हेटौँडा १० मा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रमा पुगि प्रहरीको रोहबरमा सम्बन्धीत धनीलाई बुझाएको हो । माया मारेको नगद र कागजात फिर्ता पाउदा निकै खुसी लागेको भरत प्रसाद घिमिरेले प्रतिक्रिया दिनु भयो ।
गायक पुनले हराउदाको पिडा थाहा भएकाले लोभ भन्दा इमान्दारिता प्रथम ठानेको बताउनु भयो । सामाजिक सन्देश प्रवाहका लागि भन्दै प्रहरीको रोहबरमा नगद र कागजात घिमिरेलाई हस्तान्तरण गरेको उहाँको भनाई रहेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।