आफ्नै घरबाट हराएकी सुवेदी मृत अवस्थामा फेला

  • हजुरको खवर
  • बिहीबार, आश्वीन १ २०७७ प्रकाशित

केहि दिन अघि हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ पिप्ले स्थित आफ्नै घरबाट बेपत्ता भएकी ६० वर्षीया लेखा कुमारी सुवेदीको शव फेला परेको छ ।

 

शव हेटौंडा-५ स्थित पिप्ले नजिक जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले हजुरको खबरलाई बताए । प्रवक्ता रानाले घटना स्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भईरहेको बताए ।

गत भदौ २८ गते दिउँस साढे ३ बजे घरबाट निस्किएकी सुबेदी घर नफर्कीएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।