आज राष्ट्रिय बालदिवस, मकवानपुरमा कविता प्रतियोगिता : प्रभाश घिमिरे प्रथम

  • हजुरको खवर
  • सोमबार, भाद्र २९ २०७७ प्रकाशित

मकवानपुर । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजना गरिएको मकवानपुर जिल्ला स्तरिय कविता प्रतियोगिता तथा अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला बाल क्लव संजाल मकवानपुरको आयोजना, हेटौडा उपमहानगर पालिका, शिक्षाको लागि अभियान नेपाल मकवानपुर, प्लान इन्टरनेस्नल नेपाल, सामुदायिक विकास केन्द्र नेपालको आर्थिक सहयोग र वाल कल्याण समाज मकवानपुर, सिविल नेपाल मकवानपुरको संमन्वयमा भर्चुअलको माध्यमबाट कार्यत्रम सम्पन्न भएको हो । 


जिल्ला बाल क्लव संजाल मकवानपुरको अध्यक्ष सुसन विश्वकर्माको सभाध्यक्षता तथा बागमती प्रदेशकी सांसद मुनु सुग्देलको प्रमुख आथित्यतामा भएको कविता प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाभरका २८ जना वालवालिकाहरुले प्रतिगोगितामा सहभागिता जनाएका थिए । २८ जनालाई उछिन्दै श्री परमानन्द संस्कृत गुरुकुल देवगाड धाममा अध्यायनरत हेटौँडा १७ का प्रभाश घिमिरे प्रथम भएका छन् भने ब्रामदिक एकेडेमीका कृतिका लौडारी द्धितिय र रनिस्ला  अर्याल तृतिय भएकी छन् । प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई क्रमशः ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

झर्ना साहित्यक परिवार मकवानपुरका सचिव तथा जनसाहित्यिक लेखक संघ बागमती प्रदेशको संयोजक मसान उपासक र राष्ट्रिय प्रगतिशिल लेखक संघको राष्ट्रिय परिषद् सदस्य सुवास खनालले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।  कोभिड–१९ संक्रमणको जोखिम घटाउन सरकारले लकडाउन गरेपछि घरमै बसिरहेका बालबालिकालाई सिर्जनशील बनाउने लक्ष्य सहित कविता प्रतियोगिता आयोजना गरिएको जिल्ला बाल क्लव मकवानपुरका अध्यक्ष सुसन विश्वकर्माले जानकारी दिनु भयो । 


प्रमुख अथिति सिग्देलले आजका बालबालिका भोलिका राष्ट्र निर्माता भएको बताउदै बालबालिकाको संरक्षण र वृद्धि विकासमा तिनै तहका सरकारले विशेष जोड दिएको बताउनु भयो । बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा अभिभावकले चासो दिनुपर्ने बताउदै उनिहरुको अधिकारप्रति सबै सचेत हुनुपर्ने बताउनु भयो । बिद्यार्थीहरुको सृजनात्मक तथा कलात्मक ज्ञान वृद्धिका प्रतियोगितात्मक कार्यक्रमहरु बेलाबेलामा आयोजना गर्नु पर्ने सिग्देलको भनाईरहेको थियो । 


९० जनाको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौँडा उपमहानगर पालिकाकी उपमेयर मिना लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, शिक्षाको लागि अभियान नेपाल मकवानपुरका बुद्ध लामा,सामुदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयोजक नवराज थापा,वाल कल्याण समाज मकवानपुरका संयोजक प्रकाश खतिवडा,सिविल नेपाल मकवानपुरका जिल्ला संयोजक झविन्द्र ज्ञवाली,राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम संयोजक आत्माराम थापा, जनप्रिय माविका शिक्षक तथा समाजसेवि यूक्तलाल विश्वकर्मा, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबर डटकमका संपादक रुपक कालिराज, जिल्ला वाल क्लव मकवानपुरका पुर्व अध्यक्षद्धय शुसान्त गजमेर,सुदन विश्वकर्मा लगायतको आथित्यता रहेको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।