आज कार्तिक कृष्ण चतुर्दशीका दिन नरक चतुर्दशी मनाइयो

  • हजुरको खवर
  • बिहीबार, कात्तिक १५ २०८१ प्रकाशित

काठमाडौं: कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दान र दीपदान गरी नरक चतुर्दशी, जसलाई नरक स्नान र बगाउने दिन पनि भनिन्छ, मनाइएको छ। सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशातर्फ फर्काएर बगाउने परम्परा छ। धर्मशास्त्रविद् रामचन्द्र गौतमका अनुसार यसरी नरक बगाएमा नरकको दर्शन गर्न नपर्ने धार्मिक मान्यता रहेको छ। यही कारणले यस दिनलाई नरक चतुर्दशी भनिएको हो।

आजको दिन कुकुरको पनि पूजा गरिन्छ। पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अपराह्न ३:१३ बजेसम्म चतुर्दशी तिथि रहनेछ र त्यसपछि औंसी सुरु हुनेछ। लक्ष्मीपूजा भने औंसीमा गरिनुपर्ने भएकाले आज अपराह्नपछि लक्ष्मीपूजाको तयारी हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।