आजबाट मकवानपुरमा दर्ता नभएका मोवाइल बन्द गरिने

  • हजुरको खवर
  • सोमबार, कात्तिक २० २०८० प्रकाशित

हेटौंडा । मकवानपुर जिल्लामा पनि दर्ता नभएका धेरै मोवाइल छन् । ती मोवाइल आजबाट सरकारले बन्द गर्ने भएको छ । मकवानपुरमा पनि भारतको रक्सोलबाट मोवाइल व्यक्ति वा व्यापारीहरुले ल्याउने गरेका छन् । ती मोवाइल आजबाट बन्द हुँदै छन् ।

मकवानपुर जिल्लामा बिदेश गएकाहरुले आफन्तलाई ल्याएका मोवाइल, हेटौंडा नजिकै भएकाले भारतको रक्सोलबाट ल्याएका मोवाइल धेरैनै सञ्चालनमा आइरहेको हेटौंडा स्कुलरोडका मोवाइल बिक्रेता सागर न्यौपानेले बताउनुभयो ।

धेरैले अबैध रुपमा भित्रीएका मोवाइल सञ्चालन गरिरहेकाले यसलाई एकै पटक सरकारले बन्द गर्न पनि समस्या रहेको उहाँले बताउनुभयो । वषौदेखि आफन्त बिदेशबाट नेपाल फर्कदा ल्याएका मोवाइल सञ्चालन गरिरहेका छन् । धेरै मोवाइल यसरीनै सञ्चालनमा छन् यसलाई एकै पटक बन्द गर्नका लागि पनि समस्या हुने उहाँले बताउनुभयो ।
तर, नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ ।

एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ । आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ । एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ । आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निस्शुल्क दर्ता गराउन सकिन्छ । जनपत्रबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।