आजबाट नयाँ वर्ष २०७८ सुरु 

  • Rupak Kaliraj
  • बुधबार, बैशाख १ २०७८ प्रकाशित

आजबाट नयाँवर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।आज हरेक व्यक्तिले गतवर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । तर, कोरोना महामारीका कारण यसवर्ष बजारमा खासै चहलपहल देखिएको छैन । पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमका कारण सरकारले नयाँ वर्षलाई घरमै मनाउन आग्रह गरेको छ । भिडभाड हुने स्थानमा नजान र भिडभाड नगर्न भन्दै सरकारले कोरोनाको जोखिमबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।