आगामी वैशाख मसान्त सम्म शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न सिफारिस 

  • हजुरको खवर
  • शनिबार, बैशाख ४ २०७८ प्रकाशित

कोभिड – १९ व्यवस्थापन केन्द्र सीसीएमसीले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्त सम्म बन्दगर्न सिफारिस गरेको छ ।  कोभिड– १९ व्यवस्थापन केन्द्र सीसीएमसीको आज सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरे अनुसार हुने निर्णय गरेको छ ।  यस्तै बैठकमा सरकारले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने बारेमा पनि छलफल भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रि परिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ । पछिल्लो समय देशभर कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी सङ्क्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै विद्यालय बन्द गर्नुपर्ने बताउँदै आएको छ ।  सीसीएमसीले गरेको सिफारिस अबमन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।