आगलागी पिडित थापाको परिवारलाई मगर संघ बागमतीको आर्थिक तथा खाद्यन्न सहयोग

  • हजुरको खवर |
  • हजुरको खवर |
  • शुक्रबार​, जेष्ठ ९ २०७७ प्रकाशित

नेपाल मगर संघ बागमती गाउँ इकाई कमिटिको पहलमा आगलागी पिडित बागमती ७ का सन्त बहादुर थापालाई आर्थिक तथा खाद्यन्न सहयोग गरेको छ । जेठ ७ गते विहान ग्यास लिक भएर थापाको घर पुर्न रुपमा जलेर नष्ट भएको थियो ।  सो पिडित परिवारलाई आज नगद १९ हजार र खाद्यन्न सहयोग गरेको देवकी माविका प्र।अ खड्क बहादुर पुलामीले जानकारी दिनु भयो । आगालागी हुँदा थापाको घरभित्र रहेको २० मुरी धान, १५ मुरी मकै, भाडाकुडाँ , लत्ता कपडा,  ५१ हजार नगद लगायतका सम्पूर्ण सामान जलेर नष्ट हुँदा करिब १० लाख भन्दा वढि क्षति भएको थियो । समस्यामा परेका परिवारहरुलाई राहत स्वरुप आर्थिक तथा खाद्यन्न सहयोग गरेको कमिटिका अध्यक्ष होम बहादुर थापाको भनाई रहेको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।