विश्वविद्यालयको प्रवेश परीक्षा दिएका वा दिन बाँकी विद्यार्थीहरूले दशैं(तिहारको समयमा आफूलाई आवश्यक पर्ने स्रोत जुटाउन सक्छन् । चाहे त्यो पुस्तक होस् वा अनलाइन सामग्री, अध्ययनमा कहीँ न कहीँ सहयोग अवश्य पुग्छ ।
आज हामी सूचना प्रविधि ९आईटी० सम्बन्धी ज्ञान लिने, सिक्ने र त्यसलाई व्यवहारिक रूपमा उतार्न सहयोग गर्ने केही अनलाइन टुलहरूबारे जानकारी दिँदै छौं । आईटी पढ्ने सोच राखेका वा पढिरहेका विद्यार्थीले ‘बुकमार्क’ मा राख्नै पर्ने उपयोगी अनलाइन टुल निम्न छन्स्
ह्याकर र्याङ्क
यस वेबसाइट कोडिङमा रुचि भएका विद्यार्थीहरूका लागि उपयोगी हुन्छ । किनकी वेबसाइटमा कोडिङ सम्बन्धी विभिन्न चुनौती तथा अभ्यास दिइएका छन् ।
कोडिङका विद्यार्थीलाई आफ्नो सीप सुधार गर्न वेबसाइट उपयोगी हुने देखिन्छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
इन्जिनियरिङ डटकम
यहाँ इन्जिनियरिङका विभिन्न विषयमा लेख पढ्न र ती बारे छलफल गर्न सकिन्छ । विशेष गरेर इन्जिनियरिङ क्षेत्रका व्यक्ति वा यसमा रुचि राख्नेलाई सूचना दिन, प्रेरणा दिन र यसैमा सहभागी गराउन यो वेबसाइट सुरु भएको हो ।
वेबसाइटमा सफ्टवेयर, हेल्थकेयर टेक्नोजोजी, डिजिटल ट्रान्सफर्मेसन लगायतका विषय समेटिएका छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
कोड एकेडेमी
स्वअध्ययन गरेर विद्यार्थीलाई कोडिङ सिक्न यो वेबसाइट निकै उपयोगी छ । यसमा निस्शुल्क र सशुल्क तरिका रहेका छन् । वेबसाइटमा कम्प्युटर साइन्स, मसिन लर्निङ, वेब डिजाइन, गेम डेभलपमेन्ट लगायत अन्य विषयका कोर्स उपलब्ध गराइएको छ ।
कोर्स बाहेक यसमा विभिन्न लेख, प्रोजेक्ट, कोड च्यालेन्ज पनि छन् । शुल्क तिरेपछि भने प्रशिक्षकहरूसँग कुरा गर्न मिल्नुका साथै अझै थप स्रोतमा पहुँच पाइन्छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
स्ट्याक ओभरफ्लो
प्रोग्रामरका विभिन्न जिज्ञासाहरू समाधान गर्न बनाइएको यस वेबसाइटमा प्रश्न सोध्न र उत्तर दिन सकिन्छ । अर्थात् यो क्वेसन एन्ड आन्सर ९क्यूएनए० वेबसाइट हो ।
कतै कोडिङमा समस्या भएको बेला यो उपयोगी हुन सक्छ । त्यस्तै अरू व्यक्तिसँग सहकार्य गरेर यसबाट काम समेत गर्न सकिन्छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
फ्री कोड क्याम्प
कोडिङ कसरी गर्ने भनेर निस् शुल्क सिकाउने लक्ष्यसाथमा यो गैरनाफामूलक संस्था सञ्चालनमा छ । यसमा वेब डेभलपमेन्ट, प्रोग्रामिङ ल्याङ्ग्वेज लगायत अन्य विभिन्न आईटी विषय पाउन सकिन्छ ।
वेबसाइटका अनुसार ती विषयमा यहाँ साढे १० हजार ट्युटोरियल पाइन्छन् । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
एड एक्स
यो एउटा अनलाइन लर्निङ प्लेटफर्म हो । यसमा विभिन्न विश्वविद्यालय र शिक्षण संस्थाले सञ्चालन गरिरहेका कोर्सहरूमा पहुँच पाउन सकिन्छ ।
आईटी तथा इन्जिनियरिङ बाहेक यसका वृहत् विषय समेटिएका छन् । यसमा विभिन्न तह, भाषा। विषय आदिका आधारमा फिल्टर समेत गर्न सकिन्छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
गिटहब
गिटहब कोड होस्टिङ गर्ने एउटा प्लेफर्म हो । यसमा विद्यार्थीले आफ्नो कोड स्टोर गर्न तथा अन्य व्यक्तिहरूलाई शेयर गर्न सक्छन् । त्यस्तै विभिन्न परियोजनामा अन्य व्यक्तिसँग सहकार्य गर्न सक्छन् । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।