मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो । कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यसवर्ष प्रदान गर्न लागिएको आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाईमा लैजाने स्रष्टाहरुलाई एकसाथ सम्मान गर्न लागिएको उनले बताईन् ।
आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गर्न लागिएको अध्यक्ष न्यौपानेले उल्लेख गरिन् । २०७९ असार २५ गते हुने अधिवेशनमा स्रष्टाहरुलाई सम्मान गर्ने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । आँचलले यसवर्षको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानबाट नगद १० हजार १ रुपैयाँसहित कवि तीर्थदेवी सिलवाल, प्रतिभा घिताल छन्द पुरस्कारबाट नगद १० हजार १ रुपैयाँसहित भुषिता बशिष्ठ,ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मानबाट नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित कृष्णराम परियार, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कारबाट नगद ११ हजार १ सय १ रुपैयाँसहित निवन्धकार देवराज खरेल र अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मानबाट १५ हजार १ रुपैयाँसहित कवि सरिता तिवारीलाई सम्मान गर्ने भएको छ ।
यसैगरि,आँचलले यसवर्ष सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मानबाट नगद १० हजार १ रुपैयाँसहित कवि छवि अनित्य, मुक्ति तारा नव प्रतिभा सम्मानबाट नगद ५ हजार १ रुपैयाँसहित प्रसन्ना चौलागाईँ,खड्ग बनस्खण्डी प्रतिभा सम्मानबाट नगद ५ हजार १ रुपैयाँसहित साहित्यकार जनार्दन खनाल,मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मानबाट नगद ३ हजार ५ सय सहित ऋत्विक केबी,आँचल साहित्य रकला सम्मानबाट नगद ५ हजार १ रुपैयाँसहित भलिवल खेलाडी चुडा खड्कालाई सम्मान गर्ने भएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।