प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको जटिलतालाई सुधार्ने बताउँनुभएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले गम्भीर ढंगले सुशासनतर्फ अघि बढ्ने बताउँनुभएको हो । यस्तै उहाँले जनतालाई दुःख दिने काम नगर्ने पनि बताउँनुभएको छ । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उहाँले त्यसलाई समयमै समाधान गर्ने बताउँनुभयो । जनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । मैले महसुस गरेको कुरा त्यो हो । हाम्रो अगाडि र देशको अगाडि थुप्रै जटिलता र चुनौती छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदानमा जस्तो प्रकृतिको परिणाम देखिएको थियो त्यसलाई समेटेको छ । यो मन्त्रिपरिषदले र एउटा आशा जगाएको छ, उहाँले भन्नुभो, हामीले पहिलो बैठक सक्यौ। यो बैठकमा पनि नेपालको अर्थतन्त्रको स्थिति जति जटिल र शान्तिपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने प्रभावकारी उपायमा केन्द्रित भएर अगाडि बढेको छ । यस्तै नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।