गजल
पाइदैँन ज्ञान अन्दाज र हचुवाबाट ।।
सबक सिक्नुनै छ भने सिक्नुस् कछुवाबाट ।।
समय कसैको पनि हुँदैन बलवान ।
आखिर सुरुवात भएकै हो उहाँबाट ।।
नशा पागलपन र बानी पछि पछिका हुन् ।
सुरुवात भएकै हो आखिर धुँवाबाट ।।
खोला,नदि, समुन्द्र ठुला भएका हैनन् र ?
त्यहि थोपाथोपा मिलेको कुवाबाट ।।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।