निर्मला पन्तको सम्झनामा : सानोबाबु मुक्तान

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २१ २०७८ प्रकाशित

आज निर्मला पन्तको सम्झना यो मन रोईरहेको छ । बिचरा तिनि आफ्ना कति सपनाहरु बोकेर बसेकी थिईन् होला । ती सपनाहरुलाई साकार पार्न कति पाईलाहरु सोचेकी थिईन् होला । तर उनको त्यो अकल्पिनिय घटनाको स्मरण गर्दा मुटुमा र्वाप्प काँडा घोपेको जस्तो दुखाई अनुभव हुन्छ । तर म विवश छु मैले निर्मलाको लागि यो शब्दहरु बाहेक केहि दिन सकिन, मैले निर्मला जस्तै अन्य धेरै निर्मलाहरुको लागि पनि केहि गर्न सकिन मात्र यी शब्दहरु बाहेक, आज हजारौँ निर्मलाहरु बलात्कृत भईरहेकी छिन् । यौन हिंसामा परिरहेकि छिन् तर मैले यी शब्दहरु बाहेक केहि गर्न सकिन , तर आज मलाई यो लागिरहेको छ की । ति तमाम बलात्कारीहरुको कहिल्यै भलो हुने छैन । तिनीहरुलाई हजारौँ निर्मलाहरुको चित्कारले अनि निर्दोष आत्माहरुले सँधै धिकार्ने छन् । 
आज समाजमा बलात्कार पूर्वका घटनाहरु पनि प्रसस्तै भेटिन थालिएको छ । सुन्दा पनि कन्सिरिको रौँ तातिएर आउने अपत्यारिला घटनाहरुको समाचार आउँदा झनै डाहा अनि छटपटिले मन पिरोलिन्छ । राज्यले यस्ता समस्याहरुको लागि विभिन्न कानुनहरु निर्माण गरेको छ । तर यो विषयमा भन्दा फरक नपर्ने कुरा यो होकी आज ति कानुनहरु साधारण वर्गहरुका लागि मात्रै सस्तो भएको छ , बाँकी हुनेखाने र पहुँच हुनेहरुका लागि निकै महंगो भएको छ । पहूँचवालालाई कहिल्यै कानुनको डर नहुने समाजको विकास भईसकेको छ । त्यसैले आज समाजमा प्राय यस्तैहरुबाट लगायतका घटनाहरु मौलीईरहेको पाईन्छ, जुन अहिलेको परिवेशमा जसलाई पनि सुन्दा र देख्दा असह्य अनि पिडा भईरहेको छ । ्
त्यसैले धिक्कार छ आफ्ना दिदिबहिनीहरु जस्तै अरुका दिदिबहिनीहरुलार्ई समान सोचको विकास गर्न नसक्ने सम्पूर्ण अधर्मीहरुलाई , धिक्कार छ विभिन्न प्रलोभन देखाउँदै यौन पिपासु बन्नेहरुलाई , धिक्कार छ आमाको दुधको भावना नबुझ्नेहरुलाई । स्वार्थि जीवनमा एकछीनको आनन्दको लागि हजारौँ आफ्ना र अरुका लागि सपना बोकेर हिँडेका निर्दोष दिदिबहिनीहरुको जिन्दगी बर्बाद पार्नेहरुलाई ।त्यसैले यो मनेमा मेरो एउटा मात्र विन्ति यो छ की छिट्टै नै यीनिहरुमा भगवानले सद्बुद्धिको विकास गराउन् । पापी गिद्धे आँखाहरुको नानीमा कुदृष्टि हैन सुदृष्टिको नजरमा विकास गराउन् । भगवानसंगको चाहनासंगै त्यस्ता वानीका मालिकहरुलाई मेरो हार्दिक अनुरोध अनि आग्रह यो छकी अरुका पिडामा आफूलाई आनन्द लिनु सतप्रतिशत निच कार्य हो, त्यसैले त्यस्तो निच कार्यको तुरुन्तै अन्त्य गर्नुहोस् । तसर्थ मेरो पुन अनुरोध यो होकी कसैको जीवनको आँशुको कारण तपाई नबनिदिनुहोस् । आफ्नो स्वार्थका लागि अरुका सपनाहरु नतोडिदिनुहोस् । आफूलाई पहुँचमा छु भनेर मानसिकता राख्नेहरुले बरु समाजका साधारण मानिसहरुका लागि त्यो पहुँच प्रयोगमा ल्याईदिनुहोस् । र फेरी भन्छु कृपया अब निर्दोष हाम्रा दिदिबहिनीहरुलाई निर्मला पन्त नबनाईदिनुहोस् । निर्मला पन्त नबनाईदिनुहोस् । 
 निर्मला हामी सबै तिम्रै सम्झनामा छौँ तिमी जहाँ भएपनि खुसी रहनु खुसी रहनु । 
अतः निर्मला जस्तै हजारौँ निर्मला अनि हिंसामा परेका सम्पूर्ण दिदिबहिनीहरु यस्ता गतिविधिको खुलेरै प्रतिकार गर्नुहोस तपाईसंग म जस्तै धेरै दाजुभाईहरु तपाईको साथमा हुनेछौँ तपाईको साथमा हुनछौँ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।