हेटौंडा–१८ मा माओवादी केन्द्रको कार्यालयको उद्घाटन 

  • हजुरको खवर
  • शुक्रबार​, बैशाख ३ २०७८ प्रकाशित

नेकपा माओवादी केन्द्र, हेटौंडा–१८ मा वडा कमिटी कार्यालयको उद्घाटन भएको छ । एक कार्यक्रमको आयोजना गरि केन्द्र मकवानपुरका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी “छिन्तु” ले उद्घाटन  गर्नु भएको हो । कार्यालय उद्घाटन सँगै वडा कमिटीको विस्तारित बैठक समेत बसेको छ । बैठकले अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० को भेला संयोजक मञ्जु पण्डितलाई तोकिएको छ । यसैगरी योङ कम्युनिष्ट लिग ९वाइसीएल० को वडा भेला संयोजक जितबहादुर लोलाई तोकिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’, जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर कमिटी इन्चार्ज विवेक राई, हटौंडा उपमहागर कमिटी अध्यक्ष तिर्थ थापा मगर, वडा कमिटी इन्चार्ज भोला थापासहितको उपस्थिति थियो । बैठक वडा कमिटी अध्यक्ष राजेश मगराँतीको अध्यक्षतामा भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।