लकडाउन थपिंदै गएपछि घर फर्कने नेपालीहरु सीमामा बढ्दै

  • हजुरको खवर |
  • हजुरको खवर |
  • शुक्रबार​, जेष्ठ ९ २०७७ प्रकाशित

कोरोनाका सङ्क्रमित र लकडाउन अर्थात निरन्तर थपिंदै गएपछि भारतमा रहेका हजारौँ नेपाली घर फर्कन थालेका छन् । दैनिक हजारौँ नेपाली नाकासम्म आएर बस्ने गरेका छन् । उनीहरुले असुरक्षित यात्रा गर्दै आउने र भीडभाड गर्ने भएकाले नेपालमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको छ । २ नम्बर प्रदेश, प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक हजारौँ नेपालीहरु भारतबाट आइरहेका छन् । सुदूरपश्चिममा हिजोसम्म ४ हजार नेपाली नेपाल प्रबेश गरेका छन् भने कर्णालीमा१२ सयभन्दा बढी नागरिक भारतबाट फर्किएका छन् । हिजो मात्रै १४ सय नेपाली कैलालीको गौरी फन्टा नाकामा आईपुगेका छन् । उनीहरुको कोरोना परीक्षण गरेर नेपाल प्रवेश गराउने तयारी भइरहेको छ । सरकारले यसरी फर्किनेहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा बस्न बारम्बार आग्रह गरे पनि पालना नभएको स्थानीयले गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।