राक्सिराङमा ४८ जनाले लगाए खोप

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २८ २०७८ प्रकाशित

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ६२ बर्ष देखि ६४ वर्षभित्रका व्यक्तिलाई खोप लगाउने क्रममा राक्सिराङ गाउँपालिकामा पनि पहिलो चरणको खोप लगाइएको छ । पहिलो दिन बुधबार ४८ जनाले सेवा लिएको राक्सिराङ गाउँपालिका स्वास्थ्य संयोजक विजय कुमार कापरीले बताउनुभयो । राक्सिराङमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरबाट २०० डोज खोप आएको उहाँले बताउनुभयो ।
o:t} खोप अभियानका क्रममा बुधबार मनहरी गाउँपालिकामा ३५ जनाले सेवा लिएको मनहरी गाउँपालिकाले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले मनहरीका लागि ५३६ खोप पठाएको थियो । त्यस्तै  कैलाश गाउँपालिकामा पहिलो चरणको ६२ बर्ष देखि ६४ बर्षका २४ जनालाई खोप लगाइएको कैलाश गाउँपालिका स्वास्थ्य संयोजक श्याम सुन्दर महतोले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।