दशैंमा उपत्यकाबाट बाहिरिनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

  • हजुरको खवर
  • प्रकाशित

दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिएको छ ।

यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो । कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।