तोकिएकोभन्दा बढीलोड बोक्ने ९७ वटा टिपरलाई गर्यो कारबाही 

  • हजुरको खवर
  • शुक्रबार​, माघ ७ २०७८ प्रकाशित

मकवानपुर ÷ जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीले तोकिएको भन्दा बढी लोड बोक्ने टिपरलाई कारबाही गरिएको छ । आज जिल्लाको विभिन्न स्थानमा सवारी चेकजाँच क्रममा ९७ वटा टिपरलाई कारबाही गरेको हो । प्रहरीले हेटौंडा–११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा–१ स्थित तिरतिरेधारा तथा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी चेकजाँच गरी ओभरलोड बोक्ने टिपरलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताउनु भयो । हेटौंडा बजार क्षेत्रमा तोकिएभन्दा बढी लोड टिपरले बोक्ने गरेको गुनासो सर्वत्र आएसँगै प्रहरीले सक्रियता देखाएको हो । सिमेन्ट उद्योगमा ढुङ्गा बोक्ने टिपरले ओभर लोड बोक्ने गरेका प्रहरीले जनाएको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।