कोरोना भाइरस संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु 

  • हजुरको खवर
  • मङ्गलबार, आषाढ ८ २०७८ प्रकाशित

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी  गाउँपालिका वडा नंबर ३ का ३६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यू भएको हेटौँडा अस्पतालले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक जना संक्रमितको मृत्यु भएको हो ।No description available.

पुरुषलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको र जेठ २५ गते उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको गएराति ७ बजे उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय १८ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।