अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने 

  • हजुरको खवर
  • शुक्रबार​, माघ ७ २०७८ प्रकाशित

मकवानपुर जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने भएको छ ।प्रशासन कार्यालयमा कार्यरत् कर्मचारीमा ओमिक्रोन भाइरस संक्रमण देखिएसँगै माघ ९ गते आइतबारबाट माघ १४ गते शुक्रबारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गनुभएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबाल परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी गराउँभएका छन् ।यस कार्यालयका कर्मचारीहरु समेत कोरोना संक्रमित हुन गई उपचार एवम् होम आइसोलेसनमा रहेकोहुँदा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हौं ।’, सहायक प्रजिअ गैह्रेले भन्नुभयो।शान्ति सुरक्षा, विपद्, मुद्धा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा नियमित रहनेछ ।’,उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।