अपडेट : थाहाका ७ बर्षिय बालकको परिवार सहित सबैको रिपोर्ट आयो

  • सोमबार, जेष्ठ ५ २०७७ प्रकाशित

मकवानपुर थाहा नगरपालिका–७ का कोरोना संक्रमित ७ वर्र्षीय बालकको स–परिवारको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेशनमा रहेका थाहा नगरकालिकाका २८ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिनु भयो ।  

बालकको मामाघरका ५, घरका ४, तरकारी व्यापारी १, भारतबाट आएका ९ र कोरोना संक्रमित जिल्ला आवतजावत गरेका ९ जना चालकको रिपोर्ट नेगेटिभ आएको बालक थाहा नगरपालिका वडा नम्बर ७ बाट तरकारी बोक्ने उक्त गाडीमा चालकसँगैको सिटमा बसेर गत बैशाख २९ गते सतुंगल पुगेका थिए । सोही गाडीमा सँगै गएका बालकको आमाको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । 

पेसाले पानी बोक्ने गाडी चलाउने बालकको बाबु र उनको सहचालकको पनि पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ । यसैबीच संक्रमित चालक चढेको गाडी चालकका स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेक पठाइएको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।