अपडेट : थाहा–७ का कोरोना संक्रमित ७ वर्षीय बालक चढेको गाडी चालकको पनि कोरोना परीक्षण गरिदैँ

  • सोमबार, जेष्ठ ५ २०७७ प्रकाशित

मकवानपुर थाहा नगरपालिका–७ का कोरोना संक्रमित ७ वर्षीय बालक चढेको गाडीको चालकको कन्ट्रयाक टे«सिङ भएको छ । चन्द्रागिरी नगरपालिका–१० सतुंगलमा डेरामा बसेका बालक चढेको गाडीको चालकको ट्रेसिङ भएको हो ।  साँखु बस्दै आएका गाडी चालकलाई बौद्धमा सम्पर्क गरी स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाएको छ । बालक थाहा नगरपालिका वडा नम्बर ७ बाट तरकारी बोक्ने उक्त गाडीमा चालक सँगैको सिटमा बसेर गत बैशाख २९ गते सतुंगल पुगेका थिए । 

सोही गाडीमा सँगै गएका बालकको आमाको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । पेशाले पानी बोक्ने गाडी चलाउने बालकको बाबु र उनको सहचालकको पनि पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ । बालकको सम्पर्कमा रहेका थाहा–७ चल्तीका घरपरिवारका व्यक्तिहरु र थाहा–७ गैरीगाउँका मावलीका व्यक्तिहरु गरी १० जनाको रिपोर्ट आज आउँदैछ । 
विकास खबरबाट साभार गरिएको हो । 


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।