तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सर्वोच्च आदेश

  • सोमबार, जेष्ठ ५ २०७७ प्रकाशित

सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फूँयालको इजलासले भारत लगायतअन्य देशबाट आयातहुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को,उपलब्ध भए सम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश दिएको हो । कोरोना भाइरसको महामारीको समयमा पनि भारतबाट निर्वाध रुपमा तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड–१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हन नभएको भन्दै अधिवक्ता मणिरामउ पाध्याय सहितले सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले आन्तरिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड–१९ को पनि परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।