कविता : कोरोना कहर

  • शनिबार, बैशाख २७ २०७७ प्रकाशित

नेपाल आमाको पुकार

– सिन्धु् जलेसा
बुहानबाट शुरु भई फैलियो संसारभरी
समुह भिडमा होइन हिड्नु पो एक एक गरी ।
साग–सब्जी, ताजा फलफूल र पिउनुस तातो पानी
रोगप्रतिरोधि क्षमता बढाउने खाना खानु छानी ।
कस्तो यो हो भाइरस धनी र गरीब जान्दैन
धर्म, भुगोल र जात कसैलाई भेद गर्दैन ।
विरामीको पसारो होशियार हुनु औषधि छैन गरे
लासको खात दुःखको चित्कार नजिक नजानु अरे
लास बोकी घाट मलामी जान हुन्न अरे
आफ्नो मुटु चुडेर जादा छुन पनि हुन्न अरे ।
विभत्स सारा संसारमा नरसंहार कति
निष्ठुरी दया गर्दैन रोएपनि छाति पिटी ।

नेपाल आमाको काखमा पल्टिन आउँछु भनेथे
छेक्यो छेक्यो पापी दुष्टले विचमा मै परे ।
न त आउन सके घरमा न मन छ मेरो वशमा
उडाईलग्यो मेरो सानु संसारकै सपना ।

मूल्य छैन जीवनको मानवको के हाल छ
ज्यूदो लास सरी जीवन कस्तो यो वेहाल छ ।

परदेशमा हाम्रो को पो नै छ र वरै
साग सिस्नु खाउला बरु आउ छिट्टै घरै ।
विभत्स यो महामारी रोक्न सक्छ कल्ले
गर्छ होशियार भई सामाजिक दुरी जल्ले ।

नेपाल सरकारको राम्रो र उचित कदम
चारै दिशा चारै कुनाबाट दह्रो समर्थन ।
बचाउनलाई लकडाउन सारा नेपाली जन
जे जे छ झिकी घरघरमा बसे खाइकन ।

चिन्ता पीर डरमा बसेर काँपो भोर
पार गर्न सक्नु पर्छ कठिन वन घनघोर ।
आउ–आउ हामी सबै लडौ दुष्ट कोरोनासँग
मिलाउ, आत्मा एक भई हाम्रो सुन्दर प्रकृतिसँग ।

पछिल्लो समय संसारभर त्रासदी फैलाएर आएको कोरोना भाइरस सम्वन्धी जनचेतनामुलक छन्दवद्ध कविता (भिडीयो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।