अनलाइनबाट प्रभावकारी भाषणकला तालिम

  • शनिबार, बैशाख २० २०७७ प्रकाशित

हेटौँडामा अनलाइनको माध्यमबाट प्रभावकारी भाषणकला तालिम सम्पन्न गरेको छ । जेसिआइ हेटौंडाको आयोजनामा भएको तालिम जेसिआइ हेटौंडा सन् २००३ का अध्यक्ष डाक्टर वासु सुवेदीले प्रमुख प्रशिक्षणको भुमिका खेल्नु भएको थियो ।  

प्रशिक्षक सुवेदीले मञ्चमा उभिएर एउटा वक्त्ता ले आफ्नो प्रस्तुतीकरणका शैली, हाउभाउ, विषयवस्तु प्रतिको ज्ञान लगायतका विषयमा केन्द्रित भै सहभागीहरु लाई प्रशिक्षण गरेका थिए । 

तालिम कार्यक्रममा हेटौंडा लेडी जेसीजकी अध्यक्ष शुशिला पौडेल लगायत पुर्व अध्यक्षहरु रश्मि बस्नेत,गमला राजभण्डारी,निशा रोक्का, सौराहा लेडी जेसिजकी अध्यक्ष, शारदानगर लेडी जेसीजकी अध्यक्षहरुको पनि तालिममा सहभागिता रहेको थियो । 

तालिममा लमजुङ जेसीजका अध्यक्ष अत्तर हुसेन, हेटौंडा लेडी जेसीजकी अध्यक्ष शुशिला पौडेलले शुभकामना भनाइ राखेका थिए । तालिममा ६९ जना सहभागिता रहेको कार्यक्रम संयोजक श्याम दाहालले बताए । तालिमलाई हेटौंडा जेसीज का पुर्व अध्यक्ष जेसि गणेश कुमार श्रेष्ठ ,जेसिआइ सिनेटर दिपकराज मिश्र र जेसिआइ सिनेटर अरुण कुमार दाहालले सहजीकरण गरेका थिए । 

तालिमलाई जेसिआइ हेटौंडा का महासचिव विश्व गौतमले सञ्चालन गरेका थिए भने जेसिआइ हेटौंडाका अध्यक्ष राजदेव बानियाँको सभाध्यक्षतामा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।