नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले माधवकुमार नेपालसँग पार्टीलाई मजवुत बनाउन शिर्ष नेता मिल्नु पर्ने बताएका स्पष्ट देखिन्छ । त्यसका लागि माधवकुमार नेपाल सामु ३ विकल्प अघि सार्नु भएको छ । जसलाई स्वीकार गर्ने वा अस्वीकार गरि आगामी दिनमा नेकपालाई एक ढिक्का बनाएर लाने जिम्मेवारी उहाँको काँधमा छ ।
माधबकुमार नेपालका लागि तीन अवसरहरु
अब माधवकुमार नेपालको रणनीति
अबको निकासा
हामी कार्यकर्ताले धेरै आसा कमरेड माधव नेपालबाट गरेकाले, उहाँले पार्टी अध्यक्षमा हारेको कुन्ठा नपाली पार्टीलाई एकता गराउन आबश्यक छ । आफुँ १५ वर्ष पार्टीमा रहदा आफु खुसी छोडन मिल्ने र अधिबेशनबाट निर्वाचित भइ पार्टी एकताको कमाण्डर कमरेड केपि ओलीले चाहिँ अधिवेशन नै नगरी तपाईलाई पार्टी अध्यक्ष छोडनु पर्ने तर्क जाहेज हुन सक्दैन् । तपाईं प्रधानमन्त्री रहँदा र तपाईको विरुद्धमा ठुलो आन्दोलन हुँदा पनि तपाईंले पद छोडनु परेन र कम्रेड केपि ओलीको साथमा प्रतिकार गर्नु भयो । अहिले तपाईंलाई प्रधानमन्त्री हुन मन लाग्यो भनेर केपि ओलि ले सरकार छोडनु पर्छ भन्ने तर्क हुन सक्दैन। मलाई तपाई जस्तो लिडरले पदको लोभमा पार्टी संकटमा परेको हेर्ने मन छैन।
यद्यपि यस विषम परिस्थितिमा पार्टी फुटको दुर्घटनामा परेमा यसको असर सिंगो राष्ट्र र कम्युनिस्ट आन्दोलन लाई पर्ने छ। यसको भागिदार केपि ओली र माधवकुमार नेपालले दोष लिनु पर्ने छ । हालको अवस्थामा पुष्पकमल दाहाल प्रचण्डबाट देश र पुर्व एमालेले धेरै आस नगरेको र उहाँ आफ्नो उद्धेश्य पूरा गर्न जे गर्न तयार हुनुहुन्छ भन्ने कुरा सबैले बुझेका छन् । यदि यहि अवस्थामा पार्टी फुटको दुर्घटना भएमा माधव नेपाल नै प्रमुख कारण हुने छन्, जस्ले केपि ओली लाई हटाउन ,र, को डिजाइनमा प्रचण्डको सहयोग लिइ पार्टी र सिङ्गो कम्युनिस्ट आन्दोलनको पतनको बाटोमा लाने वा नलाने निर्णय कम्रेड माधब नेपालको हातमा रहेको आम कार्यकर्ताको बुझाइ रहेको छ।
अन्तमा
भुगोलको नेता तथा कार्यकर्ताले नेकपाका शिर्ष नेताहरू खबरदार गर्न आवश्यक छ । यो कोरोनाको महामारीमा कार्यकारी अध्यक्षले महामारी विरुद्धमा पार्टिका नेता तथा कार्यकर्ता परिचालन गर्न सकेको भए नेकपाको लोकप्रियता बढ्ने थियो । स्मरण रहोस जसलाई धेरै माया गरिन्छ उसैलाई धेरै गाली गरिन्छ । जो प्रती धेरै आसा गरिन्छ उसै प्रती थोरै सुझाविय रिस रहनु पनि स्वभाविक हो । म पार्टी एकताको पक्षमा छु ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।