रहेनन् इरफान र ऋषि अब यो दुनियामा

  • बिहीबार, बैशाख १८ २०७७ प्रकाशित

बर्ष २०२० को अप्रिल महिना भारतीय सिनेमा क्षेत्रको लागि सुखद रहेन ।  
हिजो अप्रिल २९,  २०२०  मा भारतीय सिनेमा क्षेत्रका एक अभिनेता इरफान खानको निधनले भाव विह्वल भएको समस्त बलिउडप्रेमीहरुलाई आज फेरि अर्को अभिनेताको निधनले अझै मर्माहत तुल्याएको छ ।  

आफनो छुट्टै अभिनयका कारण बलिउडमा  सलमान खान, साहरुख खान र आमिर खानलाई नै चुनौती दिने र  आफु अभिनित चरित्रलाई जीवन्त बनाउन सक्ने सफल अभिनेताका रुपमा चर्चित अभिनेता इरफानको क्यान्सरका कारण निधन भएको थियो ।  
त्यस लगतै आज विहान अर्का बलिउड हस्ती नायक, निर्देशक तथा  निर्माता ऋषि कपुरको पनि निधनको खबर आएको छ ।  ४ सेप्टेम्वर १९५२ मा जन्मेका कपुर र ७ जनवरी १९६७ मा जन्मेका खानको निधन १ दिनको अन्तरालमा भएको छ ।  

यी दुबै अभिनेताको निधनसगँै यतिबेला बलिउड , भारत  कोेरानाको त्रासका बिचमा  अझ स्तब्ध भएको छ ।   
यस्तै गरि खान र कपुरका नेपाली फ्यानहरु पनि यी दुवैको निधनपस्चात निकै नै स्तब्ध भएकाछन् । विशेष गरि इरफानका पुराना तथा नया दुबै पुस्ताका धेरै फ्यान छन् भने कपुरका धेरै जसो ६० दशकका फ्यान  छन् ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।