गजल
यहाँ के हुन्छ कति खेर बुझ्न सकिदैन!
भाग्य पनि त शिर हेरेर बुझ्न सकिदैन!
एउटा परिभाषा खोज्दैमा जिन्दगी बित्यो
तर जिन्दगी घाम पनि सहेर बुझ्न सकिदैन
आउछ टप्प टिप्छ लैजान्छ सबैलाई
कति खेर के गर्छ भनेर बुझ्न सकिदैन!!
बालक पनि मर्छ बृद्ध पनि मर्छ अचम्म
कुन छिटो हो कुन अबेर बुझ्न सकिदैन!!
बिधाताले लेखे जस्तै गरि वाच्नु पर्ने
आफ्नो काल पनि चाहेर बुझ्न सकिदैन!!
Suresh karki nisad
थाहा नगरपालिका दामन मकवानपुर
हाल काठमाडौं नेपाल
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।