विगतका समयमा दौडधुप गरिरहने र व्यस्त भईरहने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती गाउँपालिका कमिटीका अध्यक्ष अरुण बल यतिबेला फुर्सदिला भएका छन् । सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै आफू स्वंयम पनि घरभित्रै सीमित राखेका हुन् । यो फुर्सद समयलाई कसरी सदुपयोग गरिरहुन भएको छ भनेर सहकर्मी रुपक कालिराजले कुराकानी गर्नु भएको छ ।
हजुरको खबरमा हार्दिक स्वागत छ ?
धन्यवाद, वोल्ने अवसर दिनु भएकोमा तपाई लगायत हजुरको टिमप्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको कसरी सदुपयोग गर्दै हुनुहुन्छ ?
विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई नियन्त्रण गर्न लकडाउन बाहेकको विकल्प छैन् । यसको पालना गर्दै म घरमा बसिरहेको छु। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव रोकथामका लागि सरकारले चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनको मिति वैशाख २५ सम्म लम्बाइएको छ । आज करिब ३६ दिन बितिरहँदा आम नागरिकलाई लकडाउनको पालना गराउन आग्रह गरिरहेको छु । मेरो दैनिक विहान रेडियो सुन्ने र टिभी हेर्छु । अनलाइनमा आएका आर्टिकलसँगै उपन्यास देखि दक्षिण कोरोयाको विकास हुनुको इतिहाँसबारे अध्यायन सँगै विश्वभर भएका घटना बारेमा अपडेट भइरहेको छ ।
चुनावको वेलामा टिसर्ट बाँड्ने नेताहरु यस्तो विपद्मा कहाँ हराए भन्छन् नि ? तपाईका गाउँवासीहरुले ?
जनताले गुनाषो गर्नु स्वाभाविक हो । तर अन्य विपती जस्तो यो महामारी फरक भएको कारण र सामाजिक दुुरी कायम हुने अवस्था छ । यो वेलामा हुल बाँधेर हिड्नु भन्दा पनि घरमा बसेर सरकारलाई सहयोग गर्नु पर्ने वेला छ । हामी हराएका छौँ । दैनिक रुपमा गाउँवासीका लिडरहरुलाई वडा स्तरमा के कस्ता समस्या परेको छ ? केहि समस्या परेकोमा खबर गर्नको लागि भनेको छु । कुनै समस्या आएका तत्काल सोहि स्थानमा पुगि सहयोग पनि गरिरहेको छु । जनताको दुखमा पाटिले सदैव साथ दिन्छ ।
लकडाउनले परिवार प्रतिको सम्बन्ध बलियो बनाएको भन्न मिल्छ ?
मिल्छ । जहिल्यै बाहिर भइन्थ्यो, अहिले परिवारलाई पनि समय दिन पाइएको छु । घरमा रहेर पारिवारिक काममा सक्रिय रहँदा तथा छोरोछोरीहरूसँग खेल्ने गरेकोछु । धेरै जसो फोन म्यासेन्जर व्यस्त रहन्छु ।
यस्तो महाविपद्मा सरकारले सरकारले केकस्ता काम गर्नु पर्ला ? सरकारसंग कसरी संमन्वय गरिरहनु भएको छ ?
विपद्को बेलामा सरकारले सीमामा अलपत्र परेका, दैनिक ज्यालादारी गर्ने, बुढाबुढी, सुत्केरी असहायलाई विशेष व्यवस्था गर्नुपर्छ। सरकारले राहत दिने काम सुरु गरेको त छ यसलाई तिव्रगति लैजानु पर्छ । र सरकारलाई यो वेला सहयोग गर्नु पर्ने अवस्था छ , हामी पनि राहात वितरण गर्न नसक्ने अवस्थाको भने होइन । सरकारले एकद्धार प्रणाली लागु गरेसी हामीले त्यस दैनिकी रुपमा किनेर खाने परिवारहरुको तथ्याङ संकलनमा साथ दिने त्यस्ता व्यक्तिहरुको उद्धारमा गर्ने काममा सहयोग ग¥यौँँ । र विभिन्न स्थानमा अलपत्र परेकाहरुको उद्धारमा स्थानिय सरकारलाई साथ दिने र जनचेताना फैलाउनमा समेत भुमिका खेलेको कुरा अवगत गराउन चाहान्छु ।
लकडाउनका समयमा कतियय ठाउँमा कालोबजारी बढेको भन्ने जनगुनासो पनि सुनिन थालेको छ । कालोबजारी रोक्न तपाईको पाटिले के गरिरहेको छ ?
संकटको बेला कसैले कसैलाई समस्यामा पार्नुहुँदैन र महामारीको गलत फाइदा कसैले पनि लिनु हुँदैन भन्ने कुराको चेतना हुँदाहुँदै पनि यस किसिमको गलत काम गर्नेहरुमाथि हामी कडारुपमा प्रस्तुत हुनेछौँ ।
अन्त्यमा, यस संकटको घडीमा गाउँवासीका जनतालाई के भन्न चाहनुहुन्छ ?
सरकारले जुन लकडाउन गरेको छ त्यसलाई सफल बनाउन म पहिले सबैलाई आग्रह गर्न चाहन्छु । यो कसैले निम्ताइदिएको समस्या होइन र सामान्य अवस्था पनि होइन । त्यसैले गभ्भीरताका साथ लिइदिन हुन म हार्दिक अनुरोध गर्न चाहन्छु । म सम्पूर्ण गाउँवासी जनतालाई सुरक्षित भई होम क्वारेन्टाइनमा बसिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।