बैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

  • सोमबार, बैशाख १५ २०७७ प्रकाशित

सरकारले देशभर लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको शनिवारको बैठकले लकडाउन तत्काल हटाउन नसकिने निष्कर्ष निकालेको थियो।

पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमवार बैशाख १५ अर्थात  सकिँदै गर्दा सरकारले कारोना जोखिमलाई मध्यनजर गर्दै लकडाउन लम्बाएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।