सरकारले लागु गरेको लकडाउनले देशको विभिन्न भागहरुमा एकातर्पm सर्वसाधारणको दैनिकीमा समस्या उत्पन्न भएको छ भने अर्कातर्पm दैनिक ज्याला मजदुरी गर्ने मजदुर र कृषकहरुलाई भने अत्यन्तै सकस भएको छ । यसै सन्दर्भमा बाग्मती प्रदेशको राजधानी हेटौँडा नजिकैको भिमफेदी गाउँपालिकाका किसानहरु निकै असहजता र असुविधाबाट गुज्रिरहेका छन । हजुरको खबर सँगको अन्तवार्तामा विगत १ दशक देखि व्यावसायिक च्याउ खेति गर्दै आईरहेका स्थानिय कृषक मिन बहादुर सिंतान भन्छन “ लकडाउन भए देखि दैनिक रुपमा उत्पादन हुने च्याउले उचित बजार भाउ पाएको छैन, पहिले प्रति केजी रु १२० भन्दा माथि पाउने भाउ अहिले भने प्रति केजी रु ७० पनि पाउन कठिन भएको हुँदा लगानी डुब्ने खतरा बढेको छ । “ लकडाउनको अवधिमा उत्पादित कृषि उपजलाई बजार सम्मको ढुवानीमा कठिन त छ नै अझ च्याउमा चाहिने आवश्यक सामाग्रीको आपुर्ती ठप्प नै भएको छ । उत्पादन भएको १२ घण्टा भित्र बिक्री भईसक्नुपर्ने च्याउले आवश्यक बजार समेत नपाउदा दिनहुँ विभिन्न परिमाणका च्याउहरु कुहिएर नष्ट हुने गरेको छ ।
यसै गरी च्याउ तथा व्यावसायिक रुपमा ब्रोईलर, लोकल तथा गिरिराज गरी विभिन्न जातिका कुखुरा पालन गरिरहेका स्थानिय कृषक राधिका बास्तोलाले चल्ला किन्दा महँगो दाम परेको र अहिले बिक्रि वितरण गरिहाल्नु पर्ने भएको कुखुराले बजार नपाएको र यदाकदा सानो बजार पाएकोमा पनि भाउमा भने अत्यन्तै गिरावट आउँदा आफु र आफु जस्तै कैयौँ कृषकहरु निकै मारमा परेको बताउनुभयो । हाल पालनमा रहेको कुखुरालाई दैनिक रुपमा उपभोग हुने दानाको आपुर्तिमा निकै कठिनाई भईरहेको हुँदा कुखुरालाई जिवित राख्न नै चुनौती भएको उनले जिकिर गरिन । स्थानिय निकायले कृषकहरुको समस्यालाई बुझेर समस्याको हलतर्पm पहल गरेमा आफुलाई केहि राहत मिल्नेमा समेत उहाँले विश्वास व्यक्त गर्नु भयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।