नेपालमा पहिलो पटक स्थानीयतहमा देखियो कोरोना संक्रमण- संक्रमितको संख्या ९ पुग्यो

  • |
  • हजुरको खवर |
  • शनिबार, चैत्र २२ २०७६ प्रकाशित

नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

कैलालीमा कोरोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा  पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।