मकवानपुरको ३ स्थानियतहले नागरिकको घरघरमै पुगेर ज्वरो जाँच्दै

  • |
  • हजुरको खवर |
  • शनिबार, चैत्र २२ २०७६ प्रकाशित

मकवानपुर थाहा नगरपालिका, भिमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाका स्वास्थ्यकर्मीले नागरिकको घरघरमै पुगेर ज्वरो जाँच गरेका छन् । ज्वरो, रुघाखोकीका बिरामी आउनेबित्तिकै हेटौंडाका निजी अस्पतालका स्वास्थ्यकर्मी डराइरहेको समयमा तीन वटा स्थानीय तहका स्वास्थ्यकर्मी गाउँ गाउँमा पुगेर बिरामी जाँच गरेका हुन् ।आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको मनहरी गाउँपालिकाले घरघरै पुगेर ज्वरो जाँच गर्ने कार्य सुरु गरेको हो । 
लकडाउनका कारण गाडी नचलेपछि घरघरै पुगेर ज्वरो जाँच तथा परामर्श दिन थालिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार मनहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसहितको स्वास्थ्य जाँच टोली विभिन्न वडाहरुमा पुगिरहेका छन् ।वडामा पुगेको स्वास्थ्य जाँच टोलीले विदेशबाट फर्केकाहरुलाई होम क्वरेण्टीनमा बस्न आग्रह र आवश्यक परामर्श दिइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । थाहा नगरपालिकाले पनि आफ्ना वडामा रहेका स्वास्थ्यकर्मीलाई बिरामी जचाउनका लागि गाउँगाउँमा परिचालन गरिएको मेयर लवशेर विष्टले वताउनुभयो । 
यसैगरी भिमफेदी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु पनि कोरोनाको संक्रमण गाउँमा नफैलियोस भनेर गाउँगाउँमा गएका छन् । गाउँपालिकाले भीडभाड हुने ९ वटै वडाका चोक चौतारा तथा सडक आसपासका क्षेत्रमा किटनाशक औषधीसमेत छरेको छ । गाउँपालिकाले कोरोना सङ्क्रमणविरुद्ध परिचालनका लागि २५ देखि ५० प्रतिशत अतिरिक्त भत्ता तथा आवासीय सुविधा दिएर १५ जना स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरेको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।