लकडाउन्मा कहाँ जान्थें? सहरमै छु,
अर्थोक छैन।
यो विश्वव्यापी प्रकोपको, कहरमै छु, अर्थोक छैन।
संसार पुरा हल्लाएर, चुलिँदो छ कोरोना आतङ्क
यथाशक्य थामियोस् भन्ने, रहरमै छु,
अर्थोक छैन।
सरकार भन्छ घरमै बस्नू, प्राय: हात धोईर'नू
हाम्रो खेलाँची भारी पर्ने, ठहरमै छु,
अर्थोक छैन।
बढाएर सामाजिक दुरी, घरभित्र नै बस्ने बेला
यद्यपि म ग्याँस लिनेको, लहरमै छु,
अर्थोक छैन।
-राज मिलनविन्दु
हेटौंडा-१९, बस्तीपुर
(मकवानपुर)
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।