गढी ६ को आईसोलेसन वार्डलाई श्रीकृष्ण सेवा समिति मकवानपुरगढीद्धारा अत्यावश्यक सामग्री निःशुल्क सहयोग

  • |
  • हजुरको खवर |
  • शुक्रबार​, चैत्र २१ २०७६ प्रकाशित

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुर गढी ५ सुन्दरधाम ले आज ईश्वरी प्रावि मकवानपुर गढी ६ मा रहेको आईसोलेसन वार्डलाई चाहिने अत्यावश्यक सामग्री निःशुल्क सहयोग गरेको छ ।  

कोभिड १९ को संक्रमण विरुद्ध सुरक्षाका  निम्ति स्थापना गरिएको ५ शैयाको आईसोलेसनलाई आवश्यक सामग्री सहयोग गरिेएको विद्यालयका प्रधानाध्यापक सुनिल गौतमले जानकारी दिनुभयो ।  

समितिले आईसोलेसन वार्ड मा आउने  सम्भावित विरामीलाई र स्वास्थ्यकर्मीलाई चाहिने करिव ३५० माक्स, सेनिटाईजर, डेटोल साबुन, २ थान बाल्टी, ग्लोव्स, डोरम्याट लगायत सामग्री सहयोग गरेको हो ।  

६ नं वडाका वडा अध्यक्ष टीका प्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, प्रणामी सेवा समितिका अध्यक्ष बालकृष्ण घिमिरे, सचिव देबी प्रसाद अधिकारी, लिलाराज बञ्जारा, शिबराज तिमल्सेना, रामकृष्ण दाहाल, कृष्णप्रसाद हुमगाई, रामजी सापकोटा लगायतकाको उपस्थिती रहेको थियो । प्रणामी सेवा समितिले वडा नं ६ कै बागदली र डुम्रेकुना क्षेत्रलाई आवश्यक सामग्री समेत आजै वितरण गरेको सचिव देवीप्रसाद अधिकारीले बताउनुभयो । समितले सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा परिपालना गरि सामाजिक दूरी कायम गर्दै कोभिड १९ लाई परास्त गर्न समेत सबैलाई आह्वान समेत गरेको छ । नेपालमा कोभिड १९ को सातौं संक्रमित ब्यक्ति समेत  आजै भेटिएको अपुष्ट चर्चा चलिरहेको सन्दर्भमा थप सुरक्षित रहन सम्पूर्ण देशवासीमा समितिले  आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।