गण्डकी बैंकद्धारा कोरोना रोकथाम कोषमा ४ लाख सहयोग

  • |
  • हजुरको खवर |
  • शुक्रबार​, चैत्र २१ २०७६ प्रकाशित

मकवानपुर ÷ बाग्मती प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गण्डकी विकास बैंकले सहयोग गरेको छ । गण्डकी विकास बैंक हेटौँडा शाखाका प्रमुख सनम लामाले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ४ लाख रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।  

बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको प्रमुख लामाले बताउनु भयो । मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको प्रयासमा साथ दिएको भन्दै खुशी व्यक्त गर्नु भयो ।  बिपदको बेला सबै एकै ठाउँमा उभिनु पर्ने उनको भनाई थियो । 

बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराएको सो सहयोगबाट कोरोना संक्रमण महामारीलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्ने प्रमुख सनम लामाले विश्वास लिनु भएको छ ।  
गण्डकी वैँकले विभिन्न समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।  
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।