लायन्स र लियोको सराहनीय काम : हेटौंडाको ९ वटा वडामा बाँड्यो राहत सामाग्री

  • |
  • हजुरको खवर |
  • बिहीबार, चैत्र २० २०७६ प्रकाशित

लायन्स र लियो क्लवले हेटौंडाका विभिन्न ठाउँहरुमा राहत सामग्री वितरण गरेका छन् ।  लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको एरिया २ अन्तर्गत लायन्स र लियोले हेटौंडा उपमहानगरपालिकाको ९ वटा वडामा राहत सामग्री वितरण गरेको कोरोना भाइरस सचेतना समितिका संयोजक सम्राट तुम्वाहाङ्फेले जानकारी दिनु भयो ।  

हेटौँडा नगरको वडा नंम्बर १, २, ३, ४, ५,११, १४, १६ र १९ मा पुगी श्रमिक तथा विपन्न परिवारलाई आवश्यक्ताको आधारमा प्रति परिवार १० किलो चामल, २ किलो दाल, २ किलो आलु, आधा लिटर तेल, १ थान साबुन र केहि थान मास्क राहत स्वरुप वितरण गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका प्रथम भाइस गभर्नर लायन शम्भु नकर्मीले जानकारी दिनु भयो । 

दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका परिवारको दैनिकी केहि सहज बनाउने उद्देश्यले स्थानिय जनप्रतिनिधिको रोहबरमा राहत सामाग्री सहित घरघरमा पुगेर वितरण गरीएको नकर्मीले जानकारी दिनु भयो ।  

Image may contain: 4 people, including Ram Krishna Koirala, people standing and outdoor


यो राहत वितरण अभियान भने निरन्तर रहिरहने उहाँको भनाई रहेको छ । हामी सेवामा गर्छौ भन्ने मुल नाराका साथ विशुद्ध सामाजिक कार्य गर्दै आएको लायन्स तथा लियो क्लबहरुको पहलमा हेटौंडा–४ मा रहेको श्रमिक माध्यमिक विद्यालयको आइसुलेशन कक्षका लागि आवश्यक पिपिई सहित मेडिकल सामग्री सहयोग गरेको समेत जानकारी दिनु भयो । 
राहत सामाग्री वितरणका लागि नकर्मी, एरिया २ की एरिया को–चिफ लायन टाँसीडोल्मा तुम्वाहाम्फे लगायत लायन्स सदस्य तथा लियोहरुको सहभागिता रहेको थियो ।   
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।