मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघले घरघरमा पुगेर बाँड्यो बिपन्न परिवारलाई राहत

  • |
  • हजुरको खवर |
  • बिहीबार, चैत्र २० २०७६ प्रकाशित

मकवानपुर अधिकृत बिक्रेता ब्यवसायि संघले अति बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ ।  आज हेटौडा ४ गर्दौईमा रहेका ३० घर परिवारलाई घरमै गई चामल ,तेल ,नुन लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको मकवानपुर अधिकृत बिक्रेता ब्यवसायि संघका महासचिब  दामोदर पाठकले जानकारी दिनु भयो । 

दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने अति विपन्न र असहाय परिवारलाई राहत होस् भन्ने मनसायले सहयोग गरेको जानकारी दिनु भयो । स्थानीय टोल बिकास सस्था र युवा क्लबले सहयोग सो खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । 

लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई बसेकै ठाउँमा गएर खाद्यान्न वितरण गर्दा उनीहरु खुसीले प्रफुल्ल भएका थिए । खाद्यान्न पाउदा अलि राहत महसुस भएको सुनाउदै सहयोगीलाई धन्यवाद ज्ञापन गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।