कोरोना विरुद्धको सचेतना वडामा जारी छ : अध्यक्ष राजेन्द्र घिसिङ

  • |
  • हजुरको खवर |
  • प्रकाशित

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट बच्न कैलाश गाउँपालिका २ नम्बर वडाले प्रसारप्रसारलाई तिव्र पारेको छ । हजुरको खबरसंग कुराकानी गर्दै वडा अध्यक्ष राजेन्द्र घिसिङले कोरोना भाइरस के हो ? यसको लक्ष्यण र बच्ने उपायहरुबारे टोलटोलमा जानकारी दिइरहेको बताउनु भयो । 


उहाँले भौगोलिक हिसावले पनि विगट रहेको वडा मध्येमा यस वडा रहेको भन्दै वडा र स्वास्थ्यकर्मीहरु रोहबरमा गाउँगाउँमा जनचेतना जगाउने काम भईरहेको बताउनु भयो । कोरोनाबाट सक्रमण हुन नदिन  व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने र सबै सचेत रहनको लागि आग्रह गर्नु भयो ।  धादि∙ जिल्ला र मकवानपुर जिल्लाको सिमामा रहेको तपाईको वडामा आवातजावत गर्नेको लागि के सुरक्षा अपनाईरहनु भएको छ भन्ने प्रश्नमा उहाँले भन्नुु भयो,“हामीले वडामा आउने जो सुकैको पनि रेखदेख गरिरहेको छौँ र हाल सम्म कोहि पनि प्रवेश गरेका छैनन् र विदेशबाट आएकाको पनि तथ्या∙ संकलन गरिरहेको छौँ ।”  


उहाँका वडाका जनतालाई केहि समस्या परेमा मिसकल गर्नुस म फोन गर्नेछु भन्दै उहाँले भन्नु भयो,“कोरोनाबाट सचेत भएर कोरोनाबाट वच्ने उपायमा ध्यान दिएमात्रै पनि यसबाट वच्न सकिने छ र सरकारले गरेको लकडाउनलाई पालना गर्न आग्रह गर्दछु ।”  
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।