धनुषामा प्रहरीले लक डाउनको मौका छोपी चर्काे मूल्यमा सामान बेच्ने ११ जनालाई पक्राउ गरेको छ ।ग्यास, आलु, प्याजदेखि रिजार्च कार्डसम्म बढी मूल्य लिएर बेच्ने ११ जनालाई जनकपुरधामबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा अधिकांस आलु र प्याज महंगो मूल्यमा बेच्नेहरु छन् । आलु, प्याजमा ब्यापारी नौ जना, एक जना रिजार्ज कार्ड र अर्काे एक जनालाई ग्यास बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उनीहरुले आलु प्रति किलो ६०, प्याज ८० का दरले बिक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिएको कार्कीले बताए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।