कोरोना कोषको लागि कपडा तथा तयारी पोशाक संघले दियो ५० हजार

  • बुधबार, चैत्र १२ २०७६ प्रकाशित

कपडा तथा तयारी पोशक व्यवसायी मकवानपरले कारोनाको संक्रमण भएका बिरामीहरुलाई उपचार र नियन्त्रण गर्न बागमती प्रदेश सरकारले स्थापना गरेको कोषमा ५० हजार सहयोग गर्ने भएको छ ।  

बागमती प्रदेश सरकारले मंगलबार स्थापन गरेको कोषमा कपडा तथा तयारी पोशक व्याव्सायी मकवानपरका सदस्यहरुबाट संकलन गरिएको रकम सहयोग गर्न लागिएको संघका अध्यक्ष तेजराज अधिकारीले बताए । उक्त संकलन गरिएको रकम बैंक खुले पछि कोषको खातामा जम्मा गरिने अध्यक्ष अधिकारीले बताए । 

यसअघि कपडा तथा तयारी पोशक व्याव्सायी मकवानपरले मकवानपुरको विभिन्न स्थानमा कोरोना भाइरस विरुद्ध सचेतना कार्यक्रमको साथै माक्स वितरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।