सपना भइन् जनप्रियको सर्वोत्कृष्ट विद्यार्थी

  • बुधबार, फागुन २१ २०७६ प्रकाशित

जनपृय माध्यमिक बिद्यालय हेटौंडा १६ हटिया चिसापानी मकवानपुरको शैक्षिक सत्र २०७५ को सर्वोत्कृष्ट विद्यार्थीको रुपमा कक्षा ९ बाली बिज्ञान मा अध्ययनरत छात्रा सपना लामा छनौट भएकी छिन् । सालिन र भद्र स्वभावकी सपना अत्यन्तै अनुशासित र जेहेन्दार विद्यार्थी हुन् । जनपृय दिव्य सेवा बाल क्लबको संस्थापक सदस्य समेत रहेकी सपना १५ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै  सर्वोत्कृष्ट विद्यार्थी भएकी हुन् । बिद्यालयले आज आयोजना गरेको एक भव्य समारोहका बिच सर्वोत्कृष्ट विद्यार्थी घोषणा गर्दै लामालाई बिद्यालयको तर्फबाट नगद २ हजार ५ सय सहित शिल्ड प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईंले विद्यार्थी अनुशासन, ज्ञान सीप अभिव्यक्ति, मतदान, बिशेष प्रतिभा प्रस्फुटन लाई आधार बनाई सर्वोत्कृष्ट विद्यार्थी छनौटमा बिगतका बर्षदेखी बिद्यालयले खेलेको भूमिकाको प्रशन्सा गर्दै सर्वोत्कृष्ट र उत्कृष्ट हुने विद्यार्थीहरुलाई बधाई तथा  शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा  बिद्यालयका प्रधानाध्यापक नमराज अर्याल सहायक प्रधानाध्यापक राम आशिष मन्डल पिटिए अध्यक्ष वीर बहादुर बिक सदस्य बलराम पौडेल लगायतकाको उपस्थिति रहेको थियोे ।बिद्यालयले सर्वोत्कृष्ट बिद्यार्थी छनौट सहित सम्मान गरेको यो तेस्रो बर्ष हो । 

छनौटको प्रक्रियामा विद्यार्थीको नियमित उपस्थिति अनुशासन अतिरिक्त क्रियाकलापमा सहभागीता योगा बाल क्लब  र अन्य सामाजिक बाल संजालमा सहभागीता र भुमिका अभिव्यक्ति प्रतिभा प्रस्फुटन शिक्षकको नजरमा विद्यार्थी  मतदान प्रक्रिया द्वारा अभिमत र लोकप्रिय ता आदिलाइ मापदण्ड बनाई सर्वोत्कृष्ट विद्यार्थी छनौट गरिएको छनौट समितिका संयोजक बिष्णुहरि  गौतमले जानकारी गराउनु भयो । तहगत रुपमा  माध्यमिक तर्फ सपना लामा निमावि तर्फ सलिना गुर्माछन र प्राथमिक तर्फ स्वस्तिका सिन्तान उत्कृष्ट बिद्यार्थीमा छनौट भएका थिए । उत्कृष्ट बिद्यार्थीलाई जनही नगद १ हजार ५ सय  शिल्ड र प्रमाणपत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो । 

बिष्णु हरि गौतमको संयोजक रहनु भएको उक्त  समितिमा शिक्षकहरु युक्तलाल बिश्वकर्मा  लक्ष्मण खतिवडा संगीता भुजेल  कृतिका कार्की सदस्य रहनु भएको थियोे भने टेबुलेसन र लेखन कार्यमा शिक्षक रुपा बिश्वकर्मा ले सहयोग गर्नु भएको थियो । सन्चालन शिक्षक लक्ष्मण खतिवडाले  गर्नु भएको थियोे । सोही  दिन उत्कृष्ट  मनिटरको घोषणा सहित पुरस्कार  बितरण समेत   सम्पन्न भएको छ । सर्वोत्कृष्ट  मनिटरमा कक्षा  ९ कि दिपा  सापकोटा र उत्कृष्ट मनिटरहरुमा स्वीकृति  पौडेल र अनिषा डिम्डुङ छनौट हुनु भएको छ ।  कार्यक्रमममा शिक्षक विद्यार्थी  र अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको शिक्षक  युक्तलाल बिश्वकर्माले जानकारी  गराउनु भएको छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।