कोरोना भाइरसबारे कैलाश ५ मा जनचेतना जगाउँदै

  • मङ्गलबार, फागुन ६ २०७६ प्रकाशित

मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर–५ का विद्यार्थीहरुलाई कोरोना भइरसबारे सचेतना गराउने उद्देश्यले निशुल्क स्वस्थ्य शिविर तथा सचेतना कार्यक्रम शुरु गरेको छ । स्वास्थ्य चौकी गोगनेको आयोजनामा र वडाको समन्वयमा वडाका ७ वटा मावि, निमावि र प्राविमा स्वास्थ्य परिक्षण गराउने र कोरोना भाईरसबारे सचेतना गरिरहेको कैलाश गाउँपालिकाका ५ नम्बर अध्यक्ष छेकु लामाले जानकारी दिनु भयो ।  

वडाको ब्यास मावि पकनी र प्रकृति प्रावि चौकीटारका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम सकिएको लामाले बताउनु भयो । सचेतना कार्यक्रममा कोराना बारे जानकारी, यसबाट बच्नुपर्ने उपाय बारे जनचेतना दिइएको गोगने स्वास्थ्य चौकीका अहेब बिनोद चौधरीले जानकारी दिनु भयो । सो शिविरमा वडाका अध्यक्ष लामाकोे नेतृत्वमा अहेब चौधरी सहित ५ जनाको टोलि खटिएको हो ।   

चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । काेराेना भाइरस संक्रमणका लक्षण 
– रुघा खोकी लाग्नु, 
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु 
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,  
– घाँटी, टाउको तथा जिउ दुख्ने 
– निमोनिया हुनु, 
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।  
 

कसरी हुन्छ संक्रमण ?    
कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।  
भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।  भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन ।  

कसरी बच्ने ?  
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने  
– नियमित साबुन पानीले हात धुने,  
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, 
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने 
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने 
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।