मकवाजपुर ÷ पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने र युवालाई पर्यटन उद्यमी बनाउने मुख्य उद्देश्य राखेर लियो जिल्ला परिषद् ३२५ बि २ नेपालले मकवानपुरमा लियो ईन्टरनेश्नल फ्रेन्सिप युथ क्याम्प गर्ने भएको छ । आज न्यूज क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी माघ १६ गते देखि १९ गते सम्म मकवानपुरमा गर्न लागेको जानकारी गराएको हो ।
हरेक बर्ष विभिन्न स्थानमा गर्दै आईरहेको यूथ क्याम्प यस बर्ष मकवानपुरको पर्यटकीय क्षेत्र मकवानपुरको हेटौडा उपमहानगर पालिका, मकवानपुर गढि गाउँपालिका, भिँमफेदी गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका र थाहानगर पालिकाको पर्यटकीय क्षेत्रहरुको अवलोकन गरि मनाउने लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका जिल्ला निर्देशक तथा यस कार्यक्रमको संयोजक अनिल अधिकारीले बताउनु भयो । उहाँले लियोले बार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने गरेको बताउँदै नेपालमा पनि प्रत्येक वर्ष सामाजिक रुपान्तरण र नेपालको प्रवद्र्धनका लागि विभिन्न रचनात्मक तथा सन्देशमुल कार्यक्रम लियोले गर्दै आएको उहाँको भनाई रहेको थियो । पत्रकारिताको माध्यामबाट यस क्यामको गतिविधिहरु सबै सामु पु¥याउनको लागि आग्रह समेत गर्नु भयो ।
हेटौंडाको २७ वर्षे लियो इतिहाँसमा पहिलो पटक युथ क्याम्प संञ्चालन गर्ने अवसर पाएको भन्दै महत्वपुर्ण अवसरको सदुपयोग गर्न र लियोको मात्रै नभई सम्पुर्ण मकवानपुरवासीले साथ दिनको लागि लियो जिल्ला परिषद ३२५ बि २ नेपालका रिजन २ का रिजन चिर्यस प्रर्शन शुसान्त खतिवडाले आग्रह गर्नु भयो ।
प्रदेश नं. १ बाहेक बाँकी रहेका प्रदेशबाट लियोमा लागेका करिव १ सय ५० देखि १ सय ७० युवालाई माघ १६ गते हेटौंडामा भव्यताका साथ स्वागत गर्ने र विभिन्न जातजातीका सांस्कृतिक झाँकीहरु पनि प्रर्दशन गर्ने लियो जिल्ला परिषद ३२५ बि २ नेपालका टेल्ल ट्वीस्टर राजन श्रेष्ठले बताउनु भयो । युथ क्याम्पको तयारी तिव्र रुपमा काम भईरहेको र विरगञ्जदेखि सुदुरपश्चिम प्रदेश सम्मका लियो क्लबमा आवद्ध सदस्यहरु र इन्टरनेस्नलका लियोहरुको पनि सहभागिता हुने श्रेष्ठले बताउनु भयो । लियो जिल्ला परिषद् ३२५ बि २ रिजन २ हेटौंडाको ड्रिम प्रोजेक्टको रुपमा लिएर तयारीको काम भइरहेको उहाँले बताउनु भयो ।
सो सम्मेलनमा आर्थिक विभागका प्रमुख राहुल जालानले रजिष्ट्रेशन शुल्क सहित रजिष्ट्रेशन समेत खुलाइसकेको जानकारी गराउँदै करिब १७ लाख ५० हजार खर्च हुने अनुमान गरेको बताउनु भयो । उहाँले प्रति व्यक्ति ५५ सयको दरले दर्ता शुल्क रहेको समेत बताउनु भयो ।
लियो युथ क्याम्पमा भ्रमण मात्र नभई विभिन्न मनोरञ्जन, ट्रेनिङ, खेलकुद जस्ता कार्यक्रम रहने छ । यसबाट भ्रमण सँगसँगै नयाँ कुरा सिक्ने मौका प्रदान गर्नेछ । लायन्स क्लवको प्रोजेक्टको रुपमा स्थापना भएको लियो क्लवले आयोजना गर्न लागेको यस युथ क्याम्पमा विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने क्रम जारी छ । लियो जिल्ला परिषद् ३२५ बि २ रिजन २ नेपालले सम्पुर्ण मकवानपुर जिल्लावासी, जिल्लाका विभिन्न संघ संस्थाहरुलाई यस क्याम्पलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।
विभिन्न समिति गठन
आगामी माग १६ गते देखि १९ गते सम्म हुने फ्रेन्सिफ ईन्टरनेश्नल युथ क्यामको लागि संयोजक अनिल अधिकारी, सह संयोजक शुसान्त खतिवडा र सह संयोजक राजन श्रेष्ठ चयन गरेको छ । विभिन्न विधामा ८ उप समिति गठन गरेको छ । प्रायोजक एरेजमेन्ट तर्फ अनिल अधिकारी, राजन श्रेष्ठ र शुसान्त खतिवडा, आर्थिक व्यवस्थापन तर्फ राहुल जालान, अस्मिता अर्याल र पृथ्वी नेपाल, ट्रभल म्यानेजमेन्ट तर्फ कृशु दराई र सन्तोश बस्याल लाई चयन गरेको हो । त्यस्तै आतिथि सत्कार तर्फ सकार शिवाकोटि र अस्मिता अर्याल, मिडिया तथा विज्ञापन तर्फ रुपक कालिराज, सहनशिला ढकाल र गणेश दुलाल, कार्यक्रम –कार्यशाला र व्यवस्थापन तर्फ रुपक कालिराज, मेनुका ब्लोन र रिजन सापकोटा र खेलकुद र मनोरञ्जन तर्फ बिबेक उप्रेति र गोकुल लम्साल चयन गरेको कार्यक्रम संयोजक अनिल अधिकारीले बताउनु भयो । भने सल्लाहकारमा सुवास न्यौपाने, पर्मेश्वार पौडेल, सौरव अधिकारी र विस्वाश पराजुलीलाई चयन गरेको छ ।
यूथ क्यामको लागि प्रदेश र जिल्ला पत्रकार महासंघको पनि साथ
लियो ईन्टरनेश्नल फ्रेन्सिप युथ क्याम्प सफल बनाउनको लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेश र नेपाल पत्रकार महासंघ मकवानपुरको शाखाले पनि साथ दिने भएको छ । आज पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण शारु मगरले यस क्यामको लागि महासंघले पनि साथ दिने बताउनु भयो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नको लागि पत्रकारहरुले पनि अभियान संचालन गरिरहेको भन्दै लियोको कार्यक्रमले भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । त्यस्तै पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुँमागाईले महासंघको तर्फबाट लियोको गतिविधिहरु प्रचारप्रसार गर्नको लागि सक्दो सहयोग गर्ने भन्दै सफलताको शुभकामना दिनु भएको थियो । न्यÒज क्लव नेपालका अध्यक्ष धर्मेन्द्र दाहालले मवकानपुरले यस्तो अवसर पाउनु नै ठुलो कुरा भएको भन्दै यस कार्यक्रमलाई सफल बनाउनु हाम्रो पनि दाहित्व भएको बताउनु भयो । न्यÒज क्लव नेपालले मिडिया पार्नर बनि काम गर्नको लागि तयार रहेको समेत बताउनु भयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।