निःशुल्क सीपमुलक तालिम लिन चाहनुहुन्छ : आवेदन दिनुहोस्

  • प्रकाशित

हेटौँडा–  

तपाईं सीपमुलक तालिम लिन चाहनुहुन्छ, तर पैसा छैन भने चिन्ता नगर्नुहोस् । सरकारले एक हजारभन्दा बढीलाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले विभिन्न ७ विधामा १२ सय ४० जनालाई तालिम दिन लागेको हो । मोबाइल फोन मर्मत, मेशन, पलम्बर, वेटर वेट्रेस, कार्पेन्टर, हाउस किपिङ र कुकको लागि तालिम दिइने प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानकाअनुसार झापा, काठमाण्डौ, रुपन्देही र सुर्खेतमा १ सय २० जनाको लागि मोबाइल मर्मतको तालिम दिइनेछ । यस्तै उदयपुर र दाङमा मेशन अर्थात मिस्त्री ९घर निर्माणको लागि एकसय जना, झापा र सर्लाहीमा कार्पेन्टरको लागि एकसय जना, काठमाण्डौ र चितवनमा वेटररवेट्रेसको लागि १ सय ८० जनालाई तालिम दिइनेछ । 

उदयपुर, बारा, भक्तपुर, काठमाण्डौ र बाँकेमा दुई सय जनाको लागि प्लम्बरको तालिम दिइनेछ । सुनसरी, काठमाण्डौ, चितवन, कास्की र रुपन्देहीमा २ सय ८० जनाको लागि हाउस किपिङको तालिम सञ्चालन हुनेछ ।  

यस्तै सुनसरी, काठमाण्डौ, रुपन्देही र कैलालीमा २ सय ६० जनाको लागि कुकको तालिम सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । मेसन र कार्पेन्टरको लागि न्यूनतम योग्यता पाँच कक्षा र अरु सबै तालिमको लागि आठ कक्षा तोकिएको छ । 

तालिम लिन चाहनेले नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रतिलिपि सहित माघको १३ गतेभित्र निवेदन दिइसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ । अन्तवार्ता गरेर तालिमको लागि छनोट गरिने र तोकिएको ठाउँमा माघ २० गतेदेखि तालिम दिइनेछ । 

१८ देखि ३० वर्ष उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन सक्नेछन् । एकल महिला, अपाङ्गता भएका तथा द्वन्द्व पीडितको हकमा ४० वर्ष ननाघेको हुनुपर्छ । 
तालिम हुने जिल्लाका तोकिएका तालिम प्रदायक संस्थाले तालिम सञ्चालन गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।