नक्कली नोटसहित चार जना पक्राउ

  • बिहीबार, पौष २४ २०७६ प्रकाशित

 हेटौडा।

२४ पुस,  नक्कली नोट बनाइ कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर लिम्बु रहेका छन् । 
केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०को टोलीले उनीहरुलाई ४ लाख १३ हजार नक्कली नोटसहित काठमाडौं र काभ्रेका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । 


सीआईबीका अनुसार नक्कली नोट बनाउने मुख्य योजनाकार खड्का हुने भने नोट बनाउने बलबहादुर हुन् । बुढाथोकी र लिम्बुले नोट बजारमा पुर्‍याउने काम गर्ने गरेको सीआईबीको भनाइ छ । सीआईबीले पक्राउ परेका बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र रंगिन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेको छ । खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ  । लिम्बुबाट भने नोट बरामद भएको छैन । 


पक्राउ परेका चारै जनालाई मुद्रा सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० बेलबहादुर पाण्डेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।