मकवानपुरको उत्तरी थाहा नगरको नर्वेढुंगा अर्को, फरक र नया“ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । वडा–११ मा पर्ने नर्वेढुंगा क्षत्रेमा हाल दैनिकरुपमा मानिसहरु घुम्न जाने गरेको वडा अध्यक्ष किरणमान बलले जानकारी दिनु भयो । वडाको चिया बगान बन्दै गरेको क्षेत्र नजिकै रहेको उक्त गन्तव्य निकै आकर्षक रहेको छ ।
खास गरेर बिदाको बेलामा आन्तरिक तथा वाह्य पर्यटक पुग्ने अध्यक्ष बलले जानकारी दिनु भयो नर्वेढुंगामा विभिन्न गीत तथा फिल्म सुटिङ गर्नसमेत मानिसहरु पुग्न थालेका छन् ।
नगरपालिकाको टिष्टुङमा होमस्टेहरुको विकास“गै पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । त्रिभुवन राजपथको टिष्टुङ देउरालीबाट करिब ५ किलोमिटर दुरीमा रहेको नर्वेढुंगाको प्रवद्र्धनका लागि यस वर्ष शितोस्न बागवनी केन्द्र र थाहानगर पालिका गरि २–२ लाख रुपैँया विनियोजन गरेको वडा अध्यँक्ष किरण मान बलले जानकारी दिनु भयो । त्यस्तै त्यस स्थामा पार्क निमार्णको लागि वडाले ५ लाख बजेटले विनियोज गरेको समेत बताउनु भयो । पर्यटन वर्ष २०२० का लागि यो एउटा गन्तव्य भएको नगरपालिकाले जनाएको छ ।
रामकृमार कार्की : तस्विर
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।