अर्काकी श्रीमतीसँग यौनसम्पर्क गर्दागर्दै थाहाका कार्की ओछ्यानबाटै पक्राउ

  • मङ्गलबार, कात्तिक १९ २०७६ प्रकाशित

अर्काकी श्रीमतीसँग यौनसम्पर्क गर्दागर्दै थाहाका सुर्दशन कार्की  मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ को एक घरको ओछ्यानबाटै पक्राउ परेका छन् । विवाहित महिलालाई आफ्नो माया जालमा पारेर यौनसम्पर्क राख्दाराख्दै कार्की ओछ्यानबाटै रंगेहात पक्राउ परेका हुन् । 

गए राति कैलाश गाउँपालिका वडा नम्बर ६ की एक विवाहित महिलासँग यौनसम्पर्क गरिरहेका बेला स्थानीयहरुले ओछ्यानमै फेला पारेको स्थानियले बताएका छन् ।  स्थानियहरुले भने, ‘गाउँलेहरुले फेला पारेर प्रहरीलाई राती नै बुझाएका छन्’ 

गए राती करिब १२ बजे तिर हामीले पक्राउ गरेको प्रहरी चौकी डाडाखर्कका असईको शर्मा प्रसाद यादवले जानकारी दिनु भयो । पक्राउ गरि अनुसन्धानको लागि दुवै जनालाई इलाका प्रहरी कार्यालय पालुङमा पठाएको जानकारी दिनु भयो ।  कार्की थाहानगर पालिका ३ स्थाई वासिन्दा हुन् भने  नारायणी फ्रेन्शिप यातायातका चालक तथा मालिक समेत हुन् ।  
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।