कविता : कारागार (सुमी संबेदना )

  • आइतबार​, कात्तिक ३ २०७६ प्रकाशित

आत्महत्य अंगाल्दा नि कायर भनि लेख्छ मलाई । 
हुँ म बन्दी अघोषित कारागारको रोई कराई  
गर्दा पनि पर्खालले छेक्छ मलाई  । । 

नदेखिने याताना सहेकै छु आजसम्म  
पर्खाल तोडि भागे पनि दुनियाँले देख्छ मलाई । 

रंग छैन मायाको बन्धन छैन विश्वासको । 
नलाउँदा नि सिन्दुर पोते दुनिँयाले हेप्छ मलाई ।। 

कयौँ पिडा मुटु भित्र लुकाकै आज सम्म । 
पोखौँ भने बैरे,झनै कमजोर देख्छ मलाई ।। 

चोटहरु अनगिन्ति चुपचाप सहेकै छु । 
नेखाउ भने खाटाहरु, नौटकंी देख्छ मलाई ।। 

सिनो लुछे झै गिद्धले लुछे पनि सहनु रे । 
नसहुँ त यहि समाजले,सोमत हारा देख्छ मलाई ।। 

अर्थ नदेख्दा बाँच्नुको,बुन्दै योजना मृत्युको । 
बाँच्ने चाह टुंगाउदा नि, हुतिहार देख्छ मलाई ।। 
तडपिएर नाथे जिवन बाँचेकै छु आज सम्म

  • सुमी संबेदना 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।